Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

प्रधानमन्त्री देउवाद्वारा बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

ग्लोबल फोर्स डटकम संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् । उनले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उनको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा बेलायतले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन ९कोप–२६० मा सहभागी हुन गएको बेलायत भ्रमणको स्मरण गर्दै जलवायु कार्य र हरित विकासमा नेपालको दृढ प्रतिबद्धतालाई ध्यानमा राख्दै नेपालले गरेका प्रतिबद्धतामा बेलायतजस्ता विकास साझेदारको समर्थन रहने उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np