Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

सुनिल शेट्टीकी छोरीसँग विवाह गर्दै केएल राहुल

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीचको प्रेम सम्बन्ध लामो समयदेखि चर्चामा छ । बेलाबेला उनीहरुको विवाहको समाचार पनि आइरहन्छ ।

भारतीय न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार बीबीसीआई स्रोतले दुई जनाले आगामी जनवरीमा विवाह गर्न लागेको जानकारी दिएका छन् । स्रोतका अनुसार केएल राहुलले बीसीसीआईलाई आफूले आगामी वर्ष विवाह गर्न लागेको जानकारी गराएका छन् । टी–२० विश्वकप र न्युजिल्याण्डको भ्रमणपछि दुईजनाले महाराष्ट्रमा विवाह गर्ने उनको भनाई छ । यो कुरा अथियाको परिवारले पनि बताएका छन् ।

यसअघि राहुल–अथियाको विवाह सुनील शेट्टीको खन्डालास्थित घरमा हुने बताइएको थियो । दुई जना ३ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । अथिया र राहुल मुम्बईको बान्द्रास्थित पाली हिलमा संधु प्यालेस नाम गरेकी बिल्डिङको अपार्टमेन्टमा सँगै बस्दै आइरहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np