Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

कप्तान सन्दीप फर्केनन्, राष्ट्रिय क्रिकेट टोली फर्कियो

काठमाडौँ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । स्वदेश फर्किलगतै एकदिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगीतामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफुले कप्तानको भूमिकामा सबै खेलाडीको साथ पाएको बताए ।

त्यस्तै खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताए । लामो समयपछि टीममा जोडिँदा सुरुमा केहि कठिनाई भएपनि सन्तोषजनक खेल प्रदर्शन गरेको उजको भनाई छ ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किए पनि लामिछाने भने फर्केका छैनन् । क्यारेबियन प्रिमियर लिगका लागि लामिछाने बेस्ट इन्डिजमै छन् । लामिछानेको टीम जमैका तल्लावासले सेन्ट लुसिया किङ्सविरुद्ध बिहीबार खेल्दैछ ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी परेको हो ।

लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार बिहान लामिछानेविरुद्ध जबरजस्तीकरणीको आरोपमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । पीडित भनिएको १७ वर्षीया नाबालिकाकी दिदीले प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामिछानेले भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाडौँमा ल्याइ एक होटेलमा राखेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । काठमाडौँ–९ स्थित एक होटेलको कोठा नम्बर ३०५ मा सोही राति पटक–पटक जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । रातको अं. २३स्५५ बजे र रातको अं. २३ :२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख छ जिल्ला प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । जाहेरीउपर जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले संयुक्तरूपमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np