Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरुप अघि बढेको छ : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार बिपीको सिद्धान्तअनुरुप अघि बढेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको १०९ औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उनले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पारे ।

बिपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ, उनले भने, यदि सिद्धान्तविपरित हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो ।

बिपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे सोहीअनुरुप जनताको सपना साकार पार्न कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उनले बताए । उनले देशमा सङ्कट देखा पर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गरे ।

अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उनले निर्देशन दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेस तनहुँका पूर्वसभापति वैकुण्ठ न्यौपाने लगायतका वक्ताले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np