Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

आफ्ना ‘रणनीतिक लक्ष्य’मा आक्रमण भए परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाको संसदले अरुले आक्रमण नगरी पहिले आफूले आणविक हमला गर्ने अधिकार सहितको नयाँ कानून पारित गरेको छ । त्यस अवसरमा नेता किम जोङ उनले प्योङयाङले आफ्नो आणविक हतियारलाई कुनै कुरामा नसाट्ने बताए । नयाँ कानुनमार्फत उत्तर कोरियाले आत्मरक्षाको लागि पहिले आफैले आणविक आक्रमण गर्न सक्ने अधिकारलाई सुनिश्चित गरेको त्यहाँको सरकारी मिडियाले बताएका छन् ।

आणविक हतियारमा कुनै ‘बार्गेनिङ’ हुँदैन
‘हाल पारित आणविक हतियार नीतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसले आणविक हतियारलाई लिएर कुनै बार्गेनिङ हुदैन भनेर स्पष्ट गरिदिएको छ,’ किमले संसदमा बोल्दै भने । ‘तिनले हामीलाई १०० दिन, हजार दिन, १० वर्ष वा सय वर्ष प्रतिबन्ध लगाउन् तर हामी देशको अस्तित्व र हाम्रा जनताको सुरक्षाको रक्षा गर्ने आत्मरक्षाको अधिकारलाई अफ्ठ्याराहरुबाट क्षणिक सहजताका लागि कहिल्यै परित्याग गर्ने छैनौं ,’ किमले भने ।

उत्तर कोरियाले आणविक हतियार हासिल गर्ने प्रयास गरिरहेकाले उमाथि कयों प्रतिबन्धहरु लगाइएको छ । प्योङयाङको संसदले बिहीबार सन् २०१३ को त्यो कानून प्रतिस्थापन गर्यो जसले देशलाई आणविक अस्त्रयुक्त शत्रु राज्यबाट हुने आक्रमण वा अतिक्रमण रोक्न आणविक हतियारहरू प्रयोग गर्ने अधिकार दिएको थियो ।

नयाँ कानूनले सामूहिक विनाशका हतियारहरूद्वारा देशको ‘रणनीतिक लक्ष्य’ विरूद्ध आक्रमण हुन लागेको पहिचान भएमा पहिलो आक्रमण (आणविक हमला) आफैले गर्ने अनुमति दिन्छ । पुरानो कानून जस्तै, नयाँ कानूनले पनि प्योङयाङले गैर–आणविक राष्ट्रहरूलाई परमाणु हतियारको धम्की दिने छैन भनेको छ । तर ती मुलुकले परमाणु हतियार भएको देशसँग मिलेर उत्तर कोरियालाई आक्रमण गरे भने आक्रमण गर्ने बताएको छ । यो व्यवस्था छिमेकी दक्षिण कोरियातर्फ लक्षित देखिन्छ ।

थप परमाणु परीक्षणको खतरा ?

उत्तर कोरियाले सन् २०१७ यता फेरि आणविक परीक्षण पुनः सुरु गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्तो कानुन आएको छ । प्योङयाङले सातौं आणविक परीक्षण गर्ने तयारी गरिरहेको बेला वासिङ्टन र सियोलले त्यसो नगर्न चेतावनी दिइरहेका छन् । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np