Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौँ । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बिहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै सो समूहले खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना लगायत कार्यक्रम गरिसकेको छ ।

समानुपातिकतर्फको सूची सच्याउनुपर्ने र पार्टीमा सिट संख्याको ४० प्रतिशत हिस्सा आफूहरुलाई दिनुपर्ने सो समूहको माग छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np