Global Force Media

२०८० मंसिर १५ - Fri Dec, 2023 -

बाबुरामको क्षेत्रबाट चुनाव लड्‍दै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुदाँ सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने काठमाडौं–२ बाट उम्मेदवार हुन लागेको हुन ।

डा। बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्‌ने घोषणा गरेलगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष प्रचण्डले चार वटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np