तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)
![](https://www.globalforce.com.np/wp-content/uploads/2022/10/ti-1024x768.jpg)
एजेन्सी- तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ ।
तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ ।
सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार ।
तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगिन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ ।
तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ । हेरौं तिहारको पूर्वसन्ध्यामा राजधानीका झिलिमिलिका केही दृश्यहरु ।
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili1_3vQe3yl4dR.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili2_nfDpOGEgIz.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili3_Lor2o9ZWTz.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili5_-_Copy_5fPf2u6Yjh.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili5_xWOrLbTZ7A.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili6_zip6q2vzWK.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili7_lZvCp3EEpG.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili8_bKFQY0oeQO.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili9_cB4QDhvAAD.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili10_ncpobllAXL.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili11_OO9cQccFcQ.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili12_aRdcfiPtRe.jpg)
![](https://ratopatis.prixacdn.net/media/albums/jhilimili13_lpsMVGkSeN.jpg)