Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

ओलीले बुहमत ल्याए देश छाडेर हिँड्नुपर्ने अवस्था आउछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव जिते देश छाडने हिँड्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले ओलीलाई हेर्दा नयाँ तानशाह र हिटलरको जन्म भएजस्तो लाग्ने बताउँदै उनीसँग होसियार हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘ओली सुध्रिनेवाला छैनन् । नयाँ तानाशाह र हिटलरको जन्म भएको जस्तो छ । होसियार रहनुहोस् । बहुमत ल्याए भने देश छोडेर भाग्नुपर्छ । उनीसँग प्रतिगामी शक्तिसँग साँठगाँठ छ । इतिहासको रक्षानमा फालिएको शक्तिसँग उनको साँठगाँठ छ’, उनले भने । अधिनायकबादीलाई रोक्न एकताबद्ध भएर लाग्न नेपालले कार्यकर्ताहरूलाई आग्रह गरे ।

हालै एमाले छाडेका घनश्याम भुसालले एमाले सुधार्छु भन्दै बसेर साबुनपानीले ओलीलाई धुँदा–धुँदा सफाइ गर्न नसकेपछि उनी आफैँ पार्टी छाडेर हिँडेको बताए । पाँच दलबीच भएको अहिलेको एकता स्वभाविक रहेको बताए ।

विरोधीले गर्ने नानाभाँती कुराको खण्डन गर्न उनले आग्रह गरे । अहिलेको गठबन्धन अग्रगामी भएको दाबी गर्दै उनले प्रतिगामीलाई पराजित गर्नुपर्ने बताए । ‘संविधान क्षतविक्षत हुने थियो । संविधान मासिने थियो । संघीयता अहिले रहने थिएन । हामीले देशलाई निकै ठूलो संकटबाट बचाएका छौँ । हामीले जोखिम नउठाएको भए राजनीति अस्थिरता हुने थियो’, अध्यक्ष नेपालले भने ।

गठबन्धनका उम्मेदवारलाई इमानदारिताका साथ जिताएर देशको सान बढाउन नेपालले आग्रह गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np