Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । “सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौँ ।”

चुनावका बेला सर्पदंश केन्द्र सञ्चालन गर्ने प्रतिबद्धताअनुसार केन्द्रको स्थापना गरी सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । सर्पदंश लागे स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिन सक्ने उहाँको भनाइ रहेको छ ।

“केन्द्रमा पुग्ने बासिन्दालाई सहजरुपमा कसरी सेवा पु¥याउन सकिन्छ, त्यसबारे सुधार गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो, “सर्पदंश लागेर अब कसैको ज्यान जाँदैन ।”

आइतबार गाउँपालिका प्रमुख हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथले केन्द्रको संयुक्तरुपमा शुभारम्भ गरे । केन्द्र सञ्चालनमा आएपछि बेलडाँडीसँगै बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकाका क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np