Global Force Media

२०८१ बैशाख २४ - Mon May, 2024 -

आवतजावत अवरोध हुने गरी चुनाव प्रचार नगर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक आवागमनमा अवरोध हुने गरी चुनावी प्रचार नगर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचारसंहिता स्मरण गराउँदै आयोगले आवतजावतमा अवरोध नगर्न आग्रह गरेको हो ।

‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने’ आयोगले सामाजिक सञ्जालमार्फत भनेको छ ।

प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा नगराउन पनि आयोगले भनेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np