Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

निर्वाचनमा नेताहरूको चटक (तस्बिर)

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले झ्याप्पै छोपेको छ । भोट माग्नको लागि राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदाताको घरदैलोमा धाइरहेका छन् ।

मतदाता रिझाउनको लागि उम्मेदवारहरू गोठमा गएर गाई भैँसी दुहुने, खेतबारीमा किसानले गरिरहेको काम गर्ने जस्ता गतिविधि गरेर सामाजिक सञ्जालहरूमा पोष्ट गर्न थालेका छन् । उम्मेदवार बनेका धनाढ्य व्यापारीहरू मोटरसाइकलमा यात्रा गर्दै गरिब किसानसँग खाना खाइरहेका तस्बिरहरू अहिले उत्तिकै चर्चामा छन् । 

लोकतान्त्रिक व्यवस्थामा जतिसुकै धनीमानी वा पद प्रतिष्ठा पाएको व्यक्ति भए पनि जनताबाट निर्वाचित हुनु अनिवार्य हुन्छ । यसैकारण राज्यसत्ताको भोग गर्न चाहने र नीति निर्माणमा चासो हुनेहरू निर्वाचन प्रक्रियाबाट चुनिने प्रयासमा रहन्छ । यस्तै प्रयासमा रहेकाहरूले मतदाताको मन जितेर निर्वाचित हुनको लागि के कस्ता हर्कत गरिरहेका छन् भन्ने बारेमा हामीले सामाजिक सञ्जालमा पाइएका केही तस्बिर यहाँ प्रस्तुत गरेका छौँ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np