Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

पुनः प्रशिक्षणमा फर्कँदै जिदान

जिनेदिन जिदानले पुनः प्रशिक्षणमा फर्कने सङ्केत गरेका छन् । लामो समयदेखि जिदान पुनः डगआउटमा फर्कनेबारे विभिन्न आङ्कलनहरू भइरहेका छन् । उनले अन्तिम पटक रियल मड्रिडको नेतृत्व सम्हालेका थिए । सन् २०२१ मा क्लब छाडे यता उनी प्रशिक्षणबाट टाढा रहँदै आएका छन् ।

तर अब खेल प्रेमीहरूले त्यसका लागि लामो समय पर्खनु नपर्ने हुनसक्छ । पेरिसमा आरएमसी स्पोर्टसँग कुराकानी गर्दै पुनः क्लबको व्यवस्थापनमा फर्कने सङ्केत गरेका हुन् । उनले भने, ‘म चाँडै फर्कने छु । केही समय पर्खनुपर्छ । तर चाँडै नै । म प्रशिक्षणमा फर्कनु लामो समय छैन ।’

रियलमा रहँदा पूर्व फ्रेन्च खेलाडीले लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । दोस्रो पटक रियलको प्रशिक्षणमा फर्कँदा उनले युरोपियन उपाधि नजिते पनि क्लबमा घरेलु लिगको उपाधि दिलाएका थिए ।एजेन्सी

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np