Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति

निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ ।

आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् । आयोगको यो निर्णय संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरुद्ध रहेको उनको भनाइ छ ।

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला रु’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np