Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

अघिअघि ओनसरी, पछिपछि मणिराम

नेपाल सम्वत ११४३ का अवसरमा काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक नगरी साँखुमा बिहीबार न्हुँद समारोह समितिले र्याली आयोजना गरेको थियो । र्यालीमा ४ मंसिरको निर्वाचनका लागि काठमाण्डौं क्षेत्र नम्बर–२ मा चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल पनि निम्त्याइएका थिए ।

साँखुस्थित शंकरापुर नगरपालिका कार्यालय परिसरमा र्यालीअघि चियापान चल्दै थियो । नेवारी पोशाकमा हरेका पूर्वसभामुख घर्ती मतदातासँग परिचय र भलाकुसारी गर्दै थिइन् । एमाले उम्मेदवार फुयाल नगरपालिका परिसरमा देखिए । स्थानीय माओवादी नेता वसन्त खनालले घर्तीलाई फुयाल आएकोबारे जानकारी गराए ।
घर्ती फुयाल भएतिर गइन्, दुवैले एक अर्काप्रति शिष्टाचारपूर्ण व्यवहार देखाए । फुयाँलले आफूले केही अघिदेखि नै भेट्न चाहेको र संयोगले भेट भएकामा खुसी व्यक्त गरे । दुई प्रतिस्पर्धी बीच सौहार्द र मैत्रीपूर्ण वातावरणमा प्रतिस्पर्धा गर्ने सहमति भयो । दुवैले निर्वाचन प्रचारका क्रममा एकअर्काप्रति व्यक्तिगत रुपमा ओर्लिएर तल्लोस्तरको गालीलगौज र टिकाटिप्पणी नगर्ने प्रतिबद्धता जनाए ।

र्‍यालीमा पनि दुवै उम्मेदवार सहभागी भए । र्यालीले बजारको बाहिरी क्षेत्रबाट एक फन्को मार्यो । ओनसरी ब्यानर हातमा लिएर अगाडि अगाडि र मणिराम पछाडिपछाडि हिंडे । र्यालीको बीचबीचमा पनि उनीहरुबीच सामान्य कुराकानी भयो । सत्ता गठबन्धन र एमाले कार्यकर्ताले आफ्ना उम्मेदवारहरुबीचको सौहार्दतालाई नजिकबाट नियाले ।

घर्ती संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुख थिइन् । उनलाई सत्ता गठबन्धनले काठमाण्डु–२ बाट उम्मेदवार बनाएको हो । फुयाँल ०७४ मा वाम गठबन्धनका तर्फबाट काठमाण्डु–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np