Global Force Media

२०८१ बैशाख ६ - Thu Apr, 2024 -

दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो ।

सिड्नीमा दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै मात्र १०१ रन बनायो । बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ जोड्दा मेहदी हसनले ११ रन जोडे ।

दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले चार विकेट लिए । ताब्रेज शम्सीले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रिली रस्सोले १०९ रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय पारी खेल्दा एदम मार्करमले १० रन जोडे ।

बंगलादेशका शकिब अल हसनले दुई विकेट लिए । जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np