Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

पूर्वी नवलपरासीमा २ जना मृत फेला

पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए ।रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np