Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

ओली झापामा, एमाले-राप्रपा संयुक्त कार्यकर्ता भेला

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी झापा आएका छन् । ओली झापामा ४ दिन बिताउने छन् । यहाँ रहँदा उनी मतदातासँग भेटघाट र कार्यकर्ता भेलामा सहभागी हुने कार्यतालिका छ ।

सिटी गार्डेन होटलमा आयोजना हुने एमाले(राप्रपाको संयुक्त भेलालाई अहिले ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्दैछन् ।

ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने दुई वटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटब्युरो सदस्य एवं झापा-५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले क्याम्पस मोडमा दमक वडा नम्बर ५, ८ र ९ र ५ का मतदातासँग अपराह्न ४ बजे र दमकस्थित पशुपति मन्दिरमा वडा नम्बर ६ र ७ का मतदातासँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

शनिवार दमक(३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसै गरी कमल गाउँपालिकाको बाह्रघरेमा शनिवार मध्यान्ह मतदाता तथा कार्यकर्ता भेला राखिएको छ ।

दिउँसो २ बजे वडा ९ र १० को सङ्गम चोकमा भेला छ । अपराह्न ४ बजे वडा १ र २ का बासिन्दासँग हिमालय माध्यमिक विद्यालयमा भेटघाट र अन्तरक्रिया छ ।

कात्तिक १३ गते गौरादह र गौरीगञ्जकेन्द्रित कार्यक्रम छ ।

कात्तिक १४ गते बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा भेला आयोजना गरिएको छ । प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्तालाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको छ ।

चुनावी तालमेलमा रहेको राप्रपाले पनि कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको छ । भेलामा ‌ओलीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जनजीविकाका सवालसँग सम्बन्धित सुझाव दिन सकिने बताइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np