Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

आचारसंहिता विपरीत छठ घाटमा चुनावी ब्यानर

निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका –१ स्थित रामजानकी मन्दिर छठ घाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारले छठ घाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ ।

तर, आचारसंहिता विपरीत बारा–३ प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु सिंह, प्रदेशसभा ३ (१) का उम्मेदवार मुकेश साह, हाम्रो नेपाली पार्टीका प्रदेशसभा ३९१० का उम्मेदवार शिवनाथ पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बृजकिशोर साहले आफ्नो फोटो, नाम र चुनाव चिह्नसहित छठ घाटमा ब्यानर लगाएका हुन् ।

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७९ को १३ (ड) ले उक्त कार्य गर्न नपाउने भनेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आचारसंहिता विपरीतको कार्य गर्न कसैलाई छुट नभएको भन्दै उम्मेदवारले लगाएको ब्यानरलाई तत्काल हटाइने बताए ।

न्युज कारखाना

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np