Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

जब प्रधानमन्त्री पत्नी आरजुलाई मधेश प्रदेशको नामै थाहा भएन

जनकपुरधाम । प्रदेश नम्बर २ को नामकरण मधेश प्रदेश भएको एक वर्ष बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु देउवा राणा अनभिज्ञ छिन् ।

छठी माताको पूजाआजा गर्न जनकपुरधाम आएकी राणाले सोमबार पत्रकारहरूसँगको भेटघाटमा पटक(पटक प्रदेश नम्बर २ भनिरहँदा पत्रकारहरूले प्रदेशको नामकरण मधेश प्रदेश भइसकेको जानकारी गराएपछि उनले यो कहिले भएको हो आफूलाई थाहै भएन भन्ने अनभिज्ञता प्रकट गरिन् ।

पत्रकारहरूले उनलाई जानकारी गराइसकेपनि पटक(पटक आफ्नो सम्बोधन प्रदेशको नाम मधेश प्रदेश नलिई प्रदेश नम्बर २ नै भनी रहिन् । प्रदेश नम्बर २ मात्र होइन अन्य प्रदेशको नाम उनलाई थाहा नभएको भन्ने कुरा उनको सम्बोधनले प्रष्ट भएको छ ।

आफू मातृ तथा शिशुको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा छुट्टै शिशु अस्पताल नै खोल्ने पहल गरिरहेको जानकारी दिँदै प्रदेशको पुरानै नाम दोहर्‍याइन् ।

साथै पत्रकारहरूको जिज्ञासामा उनले कांग्रेससहित गठबन्धन घटक दलका असन्तुष्टहरूलाई समेट्ने प्रयास भइरहेको बताइन् । कांग्रेससहित गठबन्धन घटक दलहरूमा अवसर नपाएका नेतारकार्यकताहरू असन्तुष्ट रहेको स्वीकार गर्दै उनले भनिन्, तिनीहरूलाई समेट्ने प्रयास भइरहेको छ ।

देउवाले गठबन्धनले गर्दा धेरै साथी छुट्नु यो प्रक्रिया नै हो, तर हामीले यो गठबन्धन लोकतन्त्रको रक्षाका निम्ति बनेको भनी सम्झाई बुझाई रहेका छौं, उनले दाबी गरिन्, धेरै मानी पनि सकेका छन् चुनाव आउञ्जेलसम्म सबै साथी समेटिने छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np