Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

प्रेस काउन्सिलको निर्णयमा कमजोरी भएको भए सच्याउन तयार छौँ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिलको निर्णयमा कमजोरी भएको भए सच्याउन तयार छौँ : अध्यक्ष बस्नेत

जनसेवा न्युज डटकम संवाददाता

कार्टुन प्रकाशित भएको विषयमा प्रेस काउन्सिल नेपालले एक दैनिक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि त्यसको विरोध भएको छ । यही बीचमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा गएको कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलबार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ ।

नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रदर्शन गर्नु नै कार्टुनको उद्देश्य रहेको बताए । उनले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग रहेको भन्दै काउन्सिलको स्पष्टीकरणले पत्रकारितालाई निरुत्साहन गर्ने बताए ।

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको उत्कृष्ट विधा कार्टुनलाई रोक्ने मनसाय नरहेको बताए । उनले काउन्सिल सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै संस्थाबाट कहिकतै कमिकमजोरी भए सच्याउन सकिने बताए ।

महासचिव रोशन पुरीले कार्टुन भनेको व्यङ्ग गर्ने विषय नै भएका कारण यसका विषयमा प्रश्न गर्न नहुने बताए । उनले कार्टुनमा प्रस्तुत भएको विषयले सम्बन्धित व्यक्तिले सार्वजनिक भाषणमा दिएका अभिव्यक्तिलाई समेटिएको हुँदा आपत्ति जनाउन आवश्यक नरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, कार्टुनिष्ट क्लब नेपालका महासचिव रवि मिश्र र वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले धारणा राखेका थिए ।

कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधि र महासंघ बीच भएको छलफलमा प्रेस काउन्सिल नेपालले नागरिक दैनिकलाई २०७९ कार्तिक ३ गते सोधेको स्पष्टीकरणका विषयमा अवज्ञा गर्दै आइन्दा त्यस्ता गल्ती नगर्न प्रेस काउन्सिललाई सचेत गराएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np