Global Force Media

२०८१ बैशाख ४ - Tue Apr, 2024 -

निर्वाचनपछि कांग्रेसले शेर बहादुर देउवा नै प्रधानमन्त्रीमा अघि सार्छ : महत

निर्वाचनपछि कांग्रेसले शेर बहादुर देउवा नै प्रधानमन्त्रीमा अघि सार्छ : महत

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवा नै प्रधानमन्त्रीमा अघि सार्ने बताएका छन् । आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रको रूपमा अगाडि सार्ने उनले बताए ।

कांग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा। महतले १६५ सिट मध्ये ९१ सिटमा कांग्रेस उम्मेदवार भएकोले अन्य पार्टीभन्दा निश्चित रूपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे ।

बुधबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुस्ख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकिर गरे ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही नभएको दाबी गरे । एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको जनाए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np