Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित

चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित

८ मंसिर, काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।

अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ ।

केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np