Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

प्रमुख शाहसँग नेपालका लागि अमेरिकाका राजदूत थम्पसनको शिष्टाचार भेट

प्रमुख शाहसँग नेपालका लागि अमेरिकाका राजदूत थम्पसनको शिष्टाचार भेट

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर।थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए ।

भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो । त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए ।

त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्द्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np