Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

समूह चरणबाटै टिम बाहिरिएपछि प्रशिक्षकको राजीनामा

समूह चरणबाटै टिम बाहिरिएपछि प्रशिक्षकको राजीनामा

जेरार्डो ‘टाटा’ मार्टिनोले बुधबार मेक्सिको फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि मेक्सिकोको प्रशिक्षक पद त्यागेका छन्।

मेक्सिकोले आफ्नो अन्तिम समूह खेलमा साउदी अरेबियालाई २-१ ले पराजित गर्‍यो।

तर अन्तिम १६ मा पुग्न पर्याप्त भएन किनभने मेक्सिको पोल्याण्डसँग गोल अन्तरमा पछि पर्‍यो।

मार्टिनोको टोलीले कतारमा आफ्नो पहिलो दुई खेलबाट एक अंक मात्र जोडेको थियो। पोल्याण्डसँग बराबरी खेल्दा अर्जेन्टिनासँग पराजित भयो।

खेलपछिको पत्रकार सम्मेलनमा मार्टिनोले मेक्सिकोसँग आफ्नो सम्झौता समाप्त भएको बताए ।

सन् १९९४ पछि मेक्सिको विश्वकपको नकआउट चरणमा नपुगेको पहिलो पटक हो।

विश्वकपको पहिलो खेलमा पोल्याण्डसँग ०-० को बराबरी र दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएपछि मेक्सिकोलाई साउदीसँग राम्रो अन्तरको जित आवश्यक थियो।

मेक्सिको दोस्रो हाफमा २-० ले अघि रहेको उसलाई अन्तिम १६ मा पुग्न थप एक गोल चाहिएकव थियो। तर अन्तिम समयमा साउदीसँग उल्टो गोल खान पुग्यो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np