Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

तराईंमा बाक्लो हुस्सु र कुहिरो, काठमाडौंको तापक्रम ६.८ डिग्रीमा झर्‍याे

काठमाडौँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । ‘तराई  भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ ।

 

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np