Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी

बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी

बुटवल । विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता सुशील थापामगरले जानकारी दिए ।

जन्ती गएर घर फर्किएका उनीहरूमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माका अनुसार बिरामीहरू सबैको प्युठान अस्पतालमा उपचार भैरहेको छ । प्युठान प्रहरीका प्रवक्ता थापामगरका अनुसार बिरामी परेकाहरू सबैको अवस्था सामान्य छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np