Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

विकास र एजेन्डाबाट मात्रै जनता खुसी भएनन्, अब आइटी आर्मी चाहियो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र एजेन्डाबाट मात्रै जनता खुसी नदेखिएको भन्दै चुनाव जित्न सामाजिक सञ्जालमा पनि बलियो पकड आवश्यक देखिएको टिप्पणी गरेका छन्।

शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्न सामाजिक सञ्जालमा पनि धमाका दिनुपर्ने बताएका हुन्।

‘जनताहरू विकास र एजेन्डाले मात्रै खुसी हुँदा रहेनछन्। विकासको क्रान्तिनै ल्याएको ठाउँमा पनि माओवादीका उम्मेदवारलाई चुनाव जित्न हम्मे-हम्मे पर्‍यो,’ प्रचण्डले भने, ‘विकास र एजेन्डा लिएर जाँदैमा चुनाव जितिने रहेनछ। फेसबुकमा धमाका दियो भने हेर्नुस् त कस्ता कस्ताले जितेका छन्। अब आइटी आर्मी पनि जरूरी देखियो तर यो आइटी आर्मीलाई गम्भीरतापूर्वक नलिदिनुहोला।’

माओवादी केन्द्रले सिद्धान्त र एजेन्डालाई समय सापेक्ष बनाउँदै विज्ञान र प्रविधिमा पनि ध्यान दिन जरुरी रहेको प्रचण्डले बताए।

माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाएमा जनतालाई सुशासनको अनुभूति दिलाउने उनको प्रतिवद्धता छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np