Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

मोरक्को विश्वकप सेमिफाइनल खेल्ने २५ औं राष्ट्र बन्दै

२८ मंसिर, काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकप फुटबल सेमिफाइनलमा पुग्दै इतिहास रचिसकेको छ ।

कतारमा भइरहेको विश्वकपमा बुधबार राति साविक विजेता फ्रान्सविरुद्ध मैदान उत्रँदा मोरक्को विश्वकपमा सेमिफाइनल खेल्ने २५ औं राष्ट्र हुनेछ ।

अहिलेसम्म २४ राष्ट्रले विश्वकपमा सेमिफाइनल खेलेका छन् । जसमध्ये १३ राष्ट्र फाइनलसम्म पुगेका छन् भने ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।

मोरक्को अफ्रिका महादेशबाट विश्वकपमा सेमिफाइनल खेल्ने पहिलो टिम बन्नेछ । सन् १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्को यो संस्करणमा भने जायन्ट किलरको रुपमा देखिएको छ ।

पछिल्लो पटक सेमिफाइनलमा पुगेको नयाँ टिम स्पेन थियो । २०१० मा सेमिफाइनल पुगेको स्पेनले फाइनल पुग्दै उपाधि जितेको थियो ।

त्यसअघि सन् २००२ मा दुई नयाँ टिम दक्षिण कोरिया र टर्की सेमिफाइनल पुगेका थिए । तर दुवै टिम सेमिफाइनलमा पराजित भए ।

यस पटक भने मोरक्को सेमिफाइनलसम्म आउँदा अपराजित छ । समूह चरणमै विश्व नम्बर दुई टिम बेल्जियमलाई पराजित गरेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो ।

साविक विजेता फ्रान्सलाई पनि स्तब्ध पार्दै फाइनल पुग्ने मोरक्कोको लक्ष्य छ । मोरक्को र फ्रान्सबीचको खेल मध्यराति पौने १ बजे अल बायत स्टेडियममा हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np