Global Force Media

२०८१ बैशाख ५ - Wed Apr, 2024 -

प्रधानमन्त्री देउवालाई भेटेर बाबुराम र महिन्द्रले भने : गठबन्धन बलियो बनाऔं

७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराई पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवसहित बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

देउवा संसदीय दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएको र अहिलेको सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा कुराकानी भएको यादवले बताए ।

‘यो गठबन्धन बलियो बनाएर जानुपर्छ, गठबन्धनमा कुनै समस्या नहोस् भन्ने भनाइ राख्यौं,’ यादवले भेटबारे अनलाइनखबरसँग भने, ‘जुन उद्देश्यमा गठबन्धन बनेको थियो, त्यसलाई जनताले अनुमोदन गरेका छन् । राजनीतिक स्थिरता र सुशासनसहितको समृद्धिका लागि यसलाई अझै अगाडि बढाउनुपर्छ । हाम्रो यसमा पूर्ण सहयोग हुन्छ भन्ने कुरा राख्यौं ।’

यादवले आफूहरुको कुरा सुनेपछि देउवा गठबन्धन जोगाउने कुरामा सकारात्मक सुनिएको बताए । सत्ता गठबन्धनका दुई दल कांग्रेस र माओवादीको पहिलो चरणमै प्रधानमन्त्रीको दाबीले कतै गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका गर्नेहरु पनि छन् ।

यादवले ‘पावर सेयरिङ’ को विषय गठबन्धनमै छलफल गरेर मिलाउनुपर्ने बताए । शक्ति बाँडफाँटको तपाईंहरुको कुनै दाबी छ भन्ने प्रश्नमा भने उनले कुनै स्पष्ट जवाफ दिएनन् ।

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । यादव सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np