Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

राष्ट्रपतिको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्छ : थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्ने बताएका छन् ।

बिहीबार सांसद पदको शपथ ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् ।संसद्ले पास गरिसकेको विधेयक राष्ट्रपतिले आफ्नो मनका आधारमा ठीक वा बेठीक भन्नुले सांसदको अधिकार नै खोसिने उनले बताए ।

‘नागरिकता विधेयकबारे संसद्को प्रारम्भमै छलफल हुनुपर्छ । संसद्ले पास गरिसकेको विधेयकलाई राष्ट्रपतिले मनको आधारमा ठीक वा बेठीक भनेमा संविधानले पार्लियामेन्टलाई दिएको अधिकार नै रहन्न,’ उनले भने, ‘राष्ट्रपतिलाई दिएको भूमिकाबारे संसद्‌मा छलफल हुनुपर्छ ।’

यसका साथै सांसद्‍हरुको ज्ञानको दायरा बढाउन संसद्‌मा पुस्तकालयको व्यवस्था गर्नुपर्ने उनले बताएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np