Global Force Media

२०८१ बैशाख २६ - Wed May, 2024 -

साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी, पूरन महँगा विकेटकिपर

इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो ।

यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो । उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो । क्यामरन ग्रीन (१७.५० करोड) ले पनि मोरिसको कीर्तिमानलाई पछाडि छोडेका छन् । यता निकोलस पूरन अहिलेसम्मकै सबैभन्दा महँगा विकेटकिपर बनेका छन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो ।

शुक्रबार दिउँसो २.३० बजे सुरु भएको लिलामी बेलुका ८.३० बजे अर्थात् ६ घण्टासम्म चलेको थियो । टोलीसँग कूल २०६.५ करोड भारतीय रुपैयाँ थियो र अधिकतम ८७ खेलाडीहरू किन्न सक्थे। तर, सबै १० टोलीले जम्मा १६७ करोड रुपैयाँ खर्च गरेर ८० खेलाडी किनेका छन् ।

लिलामीमा अलराउन्डरको उच्च माग थियो। उनीहरुमा १०३.९५ करोड रुपैयाँ खर्च भएको थियो । यो लिलामीमा खर्च भएको रकमको ६२.२५ प्रतिशत हो।

लिलामीमा ४ सय ५ खेलाडीको नाम थियो । तर, जम्मा १ सय ५३ खेलाडीको बोली लगाइएको थियो । ७३ खेलाडीलाई कसैले किनेनन् भने रहे र ८० खेलाडीले खरिदकर्ता पाए । जसमा २९ विदेशी र ५१ भारतीय खेलाडी छन् ।एजेन्सी

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np