Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

बालकोटको बार्दलीमा ओली र प्रचण्डको जोडी, दुबैले गरे अभिवादन !

दुई वर्षदेखि कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकजुट भएका छन् । ओली निवास बालकोटमा प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएपछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन् ।

यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बर्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो । प्रचण्डले समेत कैयन पटक आफ्नो भाषणमा ओलीलाई बर्दलीमा पुर्‍याइएको अभिव्यक्ति दिँदै आएका थिए ।

प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधामन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np