Global Force Media

२०८१ बैशाख १० - Mon Apr, 2024 -

आज बालुवाटार छाड्दै देउवा, मर्मत हुँदैछ बूढानिलकण्ठको घर

आज बालुवाटार छाड्दै देउवा, मर्मत हुँदैछ बूढानिलकण्ठको घर

निवर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्।

देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्।

आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ। प्रचण्डको शपथअघि नै देउवा त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा छन्।

बालुवाटारबाट निस्केर पूर्वप्रधानमन्त्री देउवा कहाँ बस्न जाने हो यकिन छैन। किनभने देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेको छ।

देउवानिकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घरको भित्री भाग र बाहिर मर्मत र कोठा थप गर्ने काम भइरहेको छ। उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन।

घर मर्मत नसकिएसम्म सभापति देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np