Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

मधेसमा मुख्यमन्त्री दाबी रहन्छ, केन्द्रमा धेरै मन्त्रालय लिदैनौं : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन्।

सत्ता गठबन्धनको नयाँ बानेश्वरमा बसेको बैठकमा सहभागी हुन पुगेका राउतले पत्रकारहरूसँग कुराकानी गर्दै केन्द्रमा पार्टी सरकारमा जाने पनि बताए।

‘संख्याको हिसावले हामीले केन्द्रमा धेरै दाबी गर्न मिल्दैन,’ उनले भने, ‘म मन्त्री हुने निश्चित छैन। तर प्रदेशमा हामीले मुख्यमन्त्री दाबी गर्छौं।’

उनले जनमत पार्टी नयाँ भएकोले जनताका आशा धेरै रहेको बताए। ‘सकेसम्म जनताका आशालाई कायमै राख्न कोसिस गर्छौं,’ उनले भने।

प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सांसद छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np