Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

विश्वप्रकाशको टिप्पणी : कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप अर्कैले लग्यो

विश्वप्रकाशको टिप्पणी : कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप अर्कैले लग्यो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरेका छन्।

उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका छन्।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले गरे।

गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो। तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल गर्‍यो, गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो क्या।’
उनले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे।

‘अहिलेको च्याम्पियनलाई हामी ५ वर्षपछि डिफेन्डिङ च्याम्पियन बनाउँछौं। हामी विजयी हुन्छौं। देशभर सोध्दै गर्दा मैले भनेको सुरूवाती वाक्य नै डन्ट वरी। हामी छौं हो’, उनले भने, ‘जब केही भत्कन्छ, निर्माणको सुरूआत त्यहीँबाट हुन्छ। नेपाली कांग्रेसका लागि यो टर्निङ पोइन्ट हो। अहिले नहुनुपर्ने भयो। जे नहुनुपर्थ्यो भयो। कोही कोही बेला जे भएको छ ठीकै भएको छ भन्ने लाग्छ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np