Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

एकीकृत समाजवादी पोलिटब्युरो बैठक : रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग

एकीकृत समाजवादी पोलिटब्युरो बैठक : रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । सोमबारबाट जारी सो पार्टीको मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् ।

‘मंसिर ४ को निर्वाचनमा भोट हाल्न नजाने १२० जनजाति केन्द्रीय सदस्यसहित नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीमाथि कारबाही गर्नुपर्छ भन्ने धारणा नेताहरूले राखेका छन्’, एक पोलिटब्युरो सदस्यले बैठकमा नेताहरूले राखेको धारणालाई उद्धृत गर्दै रातोपाटीसँग भने, ‘भोट हाल्न समेत नजाने नेतामाथि छानबिन हुनुपर्छ र तत्काल कारबाही गर्नुपर्छ ।’

नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको हो । पछिल्लो समय नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्छ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । त्यस्तै झाँक्रीले पनि एमाले र माओवादीको पैरवी गरेको भन्दै बैठकमा एक पार्टीको जिम्मेवार नेताले अर्को पार्टीको पैरवी गर्न मिल्छ ? भन्दै प्रश्न गरिएको थियो । पार्टीका जिम्मेवार कतिपय नेताहरूले आफूअनुकुल गुटबन्दी गर्ने गरेकाले उनीहरूमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटब्युरो सदस्य दिलु पन्तले बताइन् ।

उनले समग्र विषयमा छलफल भइरहेको र निर्णयमा पुगिनसकेको भन्दै पार्टी पुनर्निर्माण,वर्गीय आन्दोलनलाई निरन्तरता,जनताको जनजीवन, उखु किसानका समस्या लगायतमा छलफल भइरहेको जानकारी दिइन् । ‘प्रश्नहरु उठेका छन्, त्यसबारे अध्यययन अनुसन्धान हुन्छ । पार्टीभित्र छलफलको विषय बन्छ । यदि कारवाही गर्नुपर्ने भए पार्टीले निर्णय गर्छ’, नेतृ पन्तको भनाइ छ । आजै सकिने बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय समेत गर्ने तयारी गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np