Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

नारायणी नदी किनारमा पुस २५ गतेबाट चितवन महोत्सव हुने

नारायणी नदी किनारमा पुस २५ गतेबाट चितवन महोत्सव हुने

काठमाडौँ । १४ औं चितवन महोत्सव आगामी पुस २५ गतेबाट नारायणी नदी किनाराको प्रदर्शनी मैदानमा हुने भएको छ ।

महोत्सव आयोजन मूल समितिले मंगलबार उद्योग वाणिज्य संघको सभा हल चितवनमा पत्रकार सम्मेलन गर्दै पुष २५ देखि माघ ४ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । महोत्सवमा सात वटा विशेष स्टलसहित ४५० वटा स्टलहरू रहने आयोजकले जनाएको छ ।

महोत्सवकै क्रममा २८ देखि माघ २ गतेसम्म क्याम्पाचौर नारायणगढमा फुड फेष्टिबल सञ्चालन गरिने बताइएको छ । महोत्सव पाँच लाख दर्शकले अवलोकन गर्ने र २५ करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको महोत्सव आयोजक मूल समितिले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np