Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

बागमती प्रदेश : सभामुखको निर्वाचन तालिका सार्वजनिक

बागमती प्रदेश : सभामुखको निर्वाचन तालिका सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभाका सभामुखको निर्वाचनको कार्य तालिका सार्वजनिक गरिएको छ । प्रदेशसभाको गत सोमबारको बैठकले आगामी पुस २९ गतेका लागि सभामुखको निर्वाचन तोकेसँगै प्रदेशसभा सचिवालय हेटौंडाले निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको हो ।

नेपालको संविधानको धारा १८२ को उपधारा ९१० बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नु पर्ने प्रावधान रहेको छ । सोही अनुसार पुस १८ गते सोमबार दिउँसो बसेको बैठकले पुस २९ गते शुक्रबारका लागि सभामुखको निर्वाचनको मिति तोकेको थियो ।

प्रदेशसभाको उक्त बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउन र निर्वाचनका कार्यक्रमहरू सार्वजनिक गर्न सचिव खड्कालाई जिम्मेवारी दिएको थियो । प्रदेशसभाको बैठकको निर्णय अनुसार प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । सचिव खड्काले प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचन कार्यक्रमको सार्वजनीक गरेका छन् ।

जारी सूचना अनुसार पुस २८ गते बिहीबारका लागि मनोनय दर्ताको कार्यक्रम राखिएको छ । उक्त दिन बागमती प्रदेश सभा सचिवालयको कोठा नम्बर–१२ मा बिहान १०ः३० देखि २ः०० बजेसम्म मनोनयनको कार्यक्रम सञ्चालन हुने सचिव खड्काले जानकारी दिए । त्यस्तै पुस २८ गते नै दिउँसो २ः३० बजेदेखि ३ः३० सम्मका लागि मनोनयन फिर्ताको कार्यक्रम रहको छ । सोही दिन दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्यतालिका रहेको छ । पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम रहेको छ ।

सभामुखको निर्वाचनको लागि कुनै एक जना प्रदेश सदस्यले एकरएक जना प्रस्तावक र समर्थकसहित प्रदेशसभा नियमावली ९पहिलो संशोधन०, २०७४ को अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np