Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरुको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्तिलाई सचेत गराए । उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरुपमा चलोस् भन्ने चाहेको बताए । उनले भने, ुबैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गरेका छन् । आफूलाई लागेका कुरा बाहिर प्रचार गर्ने काम बन्द गर्नुपर्छ । पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने र विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको उनको भनाइ थियो ।
रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np