Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

सुनको मूल्य निरन्तर बढ्दै

 

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको तोलाको १३ सय ८० रुपैयाँ थियो ।
गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । सोहि दिन सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np