Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पुँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पुँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पुँजी परिचालन महत्वपूर्ण हुने बताएकी छन् । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । साना, लघु तथा घरेलु उद्योगलाई प्रवर्द्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ, राष्ट्रपति भण्डारीले भनिन् ।

स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा जोड दिइनुपर्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् । बैंक तथा वित्तीय संस्थाको पुँजी परिचालनबाट आर्थिक विकास र रोजगारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np