Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैनः सांसद सुवाल

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैनः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउन नहुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरू ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिन नहुने बताए।

उनले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए।

उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए।

उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए। उनले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हीत नहेर्नेहरू नेपाली नागरिक हुन नसक्ने बताए।

‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ। सरकारको रबर छाप बनाउनु हुँदैन। सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होाल ररु सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन’, उनले भने, ‘हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेसिक रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो। यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ।’

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हीत विपरित रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाए।

जंगल मासेर रंगशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो। लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको होरु नेमकिपाले यो विमानस्थालको प्रस्तावकै बेला प्रश्न उठाएको हो। गठबन्धन पद र पैसामा गर्नु हुँदैन। नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन सक्दैनन्।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np