Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

घनाबस्तीको बीच सेती नदीमा खसेको थियो विमान

घनाबस्तीको बीच सेती नदीमा खसेको थियो विमान

१ माघ, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।

दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टी रहेको नेपाली सेनाको ब्यारेक पछाडि विमान खसेको हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।

पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो,’ एक उद्धारकले भने, ‘एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो ।’

अर्का एक प्रत्यक्षीदर्शीका अनुसा प्लेनको पखेटा तलमाथि भएर आएको थियो । ‘हामी ३ जनासँगै थियौं । पाइलटले सेफ ठाउँ खोज्दा खोचमा खस्यो,’ उनले थपे, ‘पाइलटले बस्तीबाट प्लेन जोगाउन हरसम्भव प्रयास गरेको देखियो ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np