Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छुः उम्मेदवार न्यौपाने

मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छुः उम्मेदवार न्यौपाने

काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छिन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताएकी हुन् ।

उनले आफ्नो लागि जित्ने आधारहरु भनेकै प्रतिनिधि सभाका सदस्यहरु भएको बताइन् । उनले निर्वाचन अघिसम्म आफू नेपाली काँग्रेसको नेता भएपनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने बताइन् । उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताइन् ।

उनले भने, ‘संसदलाई सभामुखको आवश्यकता पर्दछ । त्यो सभामुख निर्वाचनमार्फत हुन्छ । त्यही प्रक्रिया अनुसार मैले उम्मेदवारी दिएकी हुँ । निर्वाचनमा हारजित हुन्छ । निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म यो निर्वाचनमा पक्कै जित्छु । मेरो जित्ने आधारहरु सांसदको मत हो । निर्वाचनअघि म नेपाली काँग्रेसको नेता हो । सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद चलाउँछु ।’

उम्मेदवार न्यौपानेको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नकेपा ९एकीकृत समाजवादी० का सांसद प्रकाश ज्वाला रहेका छन् । उनलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np