Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

जनताको अधिकार सुनिश्चित हुनेमा आशङ्का छ : सांसद शर्मा

जनताको अधिकार सुनिश्चित हुनेमा आशङ्का छ : सांसद शर्मा

काठमाडौँ । माओवादी केन्द्रका सांसद नारायणी शर्माले यो सदनले जनताको अधिकार सुनिश्चित गर्ने कुरामा विगतका अनुभवले केही अशंका भइरहेको बताएकी छन् । उनले त्यो आशङ्कालाई हटाउनका लागि कानुन र नीति निर्माण गरेर निवारण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

इन्दिरा रानाको समर्थन रहेकी शर्माले शनिवार संसद्मा बोल्दै उपसभामुख चयन लोकतान्त्रिक प्रक्रियाबाट भइरहेकोमा खुसी व्यक्त गरिन् । इन्दिरा रानाले सामाजिक क्षेत्रमा जसरी आफ्नो भूमिका निर्वाह गर्नुभयो, त्यो कारणले पनि उनी असर नेतृत्वकर्ता हुनेमा आफूलाई विश्वास लागेको बताइन् ।

यतिबेला एउटा मधेसी चेली र एउटा जनजाति चेली उपसभामुखका लागि उभिनु भएको छ, त्यसले सदनको गौरवलाई झन् उच्च बनाएको छ, उनले भनिन्, ‘यो सदनको एउटा गौरवको रूपमा इन्दिराले अगाडि बढाउनु हुन्छ भने विश्वास लागेको छ ।’ उनले इन्दिरालाई उपसभामुखमा चयन गर्न मतदान गर्न सबैलाई आग्रह पनि गरिन् । यसअघि चित्रलेखा यादव सडकबाट सभामुख चलाएको पनि सांसद शर्माले सम्झिइन् ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np