ललितपुर बारको चुनाव जारी

ललितपुर बारको चुनाव जारी
ललितपुर बार एसोसिएसनको चुनाव जारी छ । नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाश महर्जनले जानकारी दिए । हरेक दुई वर्षमा चुनाव हुने गरेको छ । ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन् ।
नयाँ नेतृत्वको लागि राम श्रेष्ठको नेतृत्वमा माओवादी निकट गणतान्त्रिक प्रगतिशील पेसागत कानुन व्यवसायी समूहहरूको छुट्टै प्यानल छ भने नेकपा एमाले(काङ्ग्रेस लगायतका दलबाट शशीकुमार कार्कीको प्यानल प्रतिस्पर्धामा छ ।
मुख्य निर्वाचन अधिकृत महर्जनले ४ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु गर्ने बताए ।