Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

गैरकानुनीरुपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’मा प्रहरीको छापा

काठमाडौं । काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि गैरकानुनीरुपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको छ । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा चलिरहेको शोमा आइतबार प्रहरीले छापा मारेको हो ।

महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले छापा मारेको छ । तर, प्रहरीले दुवै प्रपर्टी शोमा ढिला गरी छापा मारेको हो । सोल्टी होटलमा दुवैको द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा शो सञ्चालन गरिरहेको थियो । आज २२ जनवरीसम्म मात्रै चल्ने शोमा प्रहरीले छापा मारेको हो ।

घिमिरेले प्रहरीमा गैरकानुनीरुपमा विदेशमा निर्मित प्रपर्टी शो चलिरहेको सूचना पाएलगत्तै कार्यक्रमस्थल पुगेको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘२ दिनसम्म चल्ने गरी शो चलिरहेको रहेछ । यसका लागि दुबईबाट ३ र भारतबाट २ गरी ५ विदेशी आएका रहेछन् ।’

तर, उनीहरुले नेपालमा प्रपर्टी शो सञ्चालनका लागि कुनै अनुमति लिएका छैनन् । जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक र अन्य कुनै पनि सरकारी निकायसँग अनुमति नलिई शो चलिरहेको हो । तर, शोमा नेपालीको संलग्नता भने नदेखिएको डिएसपी घिमिरेले बताए । ‘शोमा एक २ जना नेपाली हेर्दै दुबईमा रहेको फ्ल्याट र घरको बारेमा सोधपुछ गरेको पाइयो’, उनले भने, ‘तर, सम्पत्ति किनबेचका लागि कुनै डिल भएको देखिएन ।’

नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । र, यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने केन्द्रीय बैंकले चेतावनी समेत दिएको छ ।

तर, ५ जना विदेशी नागरिक आएर नेपालमा खुलेआमरुपमा प्रपर्टी शो गरेको पाइएको हो । डिएसपी घिमिरेले उनीहरुविरुद्ध थप कारबाही हुने/नहुने बारे स्पष्ट नरहेको बताए ।

r

d

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np