Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

प्रदीप खड्काको ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा बन्‍ने

काठमाडौँ – प्रदीप खड्काले अभिनय गर्ने नयाँ फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुनेछ । निर्माण टिमले बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको सुटिङ ब्राजिलमा समेत गर्ने बताइएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । स्क्रिप्ट, टिम र क्यानभास मन परेकाले प्रदीप यो फिल्म गर्न राजी भएको बताइएको छ । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो ।

नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैतको तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडी योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्सन डिजाइन रहेको छ ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np