Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

अल नासरका लागि रोनाल्डोको पहिलो गोल, खेल भने बराबरीमा

अल नासरका लागि रोनाल्डोको पहिलो गोल, खेल भने बराबरीमा

काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियन क्लब अल नासरका लागि पहिलो गोल गरेका छन् । तर साउदी प्रो लिगमा भने अल नासरले अल फतेहसँग अंक बाड्न बाध्य भयो ।

शुक्रबार राति भएको खेलमा अल नासरले अल फतेहसँग २-२ गोलको बराबरी खेलेको थियो । अल नासरका लागि तालिस्का र रोनाल्डोले एक(एक गोल गरे । अल फतेहका लागि क्रिस्टियन टेलो र सोफियन बेन्डेब्काले एक-एक गोल गरे ।

१२ औँ मिनेटमा गोल गर्दै टेलोले अल फतेहलाई अग्रता दिलाउँदा अल नासरका तालिस्काले ४२ औँ मिनेटमा खेललाई बराबरीमा पुर्‍याए ।
त्यसपछि बेन्डेब्काको गोलमा अल फतेहले पुनः अग्रता लिएपनि दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल नासरलाई हारबाट जोगाए ।

बराबरीसँगै १५ खेलबाट ३४ अंक जोडेर अल नासर लिगको शीर्ष स्थानमा उक्लिएको छ । अल-शबाबको ३४ अंक भएपनि गोलअन्तरका आधारमा भने दोस्रो स्थानमा छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np